धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सघाउने

धनगढी ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माघे सङ्क्रान्तिलगायत चाडपर्वले राष्ट्रिय एकतालाई  सुदृढ बनाउन मद्दत पुग्ने बताएका छन् ।

मुख्यमन्त्री शाहले मंगलबार शुभकामना सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई  सुदृढ बनाउन मद्दत पुग्ने बताएका हुन् ।

उनले विभिन्न समुदायहरुद्वारा मनाइने माघेसङ्क्रान्ति, मकरसङ्क्रान्ति, माघी चाडको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।