धनगढी पोष्ट
बुधबार, ०२ माघ २०८१ मा प्रकाशित
काठमाडौं । पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीले इजलासले स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि रविलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछाने सहित ३० जनालाई प्रतिवादी बनाइएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर लामिछाने गत बिहीबार छुटेका थिए ।
कास्की जिल्ला अदालतबाट धरौटीम रिहा भएपछि रवि आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।।