धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

तीन वर्षमा पुरुषद्धारा सम्बन्ध बिच्छेदका ३५६ वटा मुद्दा दर्ता

तीन वर्षमा पुरुषद्धारा सम्बन्ध बिच्छेदका ३५६ वटा मुद्दा दर्ता

धनगढी । कैलाली जिल्ला अदालतमा तीन वर्षको अवधिमा पुरुषहरुद्धारा तीन सय ५६ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷०८० देखि चालु आर्थिक वर्ष २०८१÷०८२ को पुस चौथो सातासम्म पुरुषहरुले सम्वन्ध बच्छेदका मुद्धा दर्ता गर्ने क्रम बढिरहेको छ । 

कैलाली जिल्ला अदालतका सूचना अधिकारी कमल घलेका अनुसार आर्थिक बर्ष २०७९÷०८० मा पुरुषले सम्वन्ध बिच्छेदका  एक सय २३ मुद्धा  दायर गरेका  थिए ।

अघिल्ला आर्थिक बर्षमा दर्ता भएका दर्ता भइ जिम्मेवारी सरेका ५२ सम्वन्ध बिच्छेदका मुद्धा रहेका थिए । जसमध्य ७७ सम्वन्ध बिच्छेदका मुद्धको फैसला भएको थियो ।

मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । त्यसपछि पुरुषहरुले सम्बन्ध विच्छेदका  मुद्धा दर्ता गर्ने क्रम बढिरहेको छ । 

आर्थिक बर्ष २०८०÷०८१ मा  पुरुषले सम्वन्ध बिच्छेदका एक सय २२ मुद्धा दर्ता गरेका थिए भने अघिल्लो बर्ष दर्ता भएर ९८ सम्वन्ध मुद्धाको जिम्मेवारी २०८०÷०८१ मा सरेको थियो । सो बर्ष एक सय २६ मुद्धाको फैसला भएको थियो ।  

सुचना अधिकारी घलेका अनुसार चाल आव २०८१÷०८२ को पुस चौथो सातासम्म  पुुरुषद्धारा सम्वन्ध बिच्छेदका एक सय १९ मुद्धा दर्ता भएका छन् । अघिल्लो बर्ष दर्ता भएर जिम्मेवारी सरेका ९४ मुद्धा छन् । हालसम्म एक सय ५३ सम्वन्ध बिच्छेदका मुद्धाको फ्रसला भएको छ । 

सूचना अधिकारी घलेले पारिवारिक बिखण्डनले गर्दा सम्बन्ध बिच्छेदका मुद्दा बढेको बताउँछन् । ‘कुनै घरेलु हिंसा, कुनै उचित खान लाउन नदिएर पनि आउँछन्,’ उनले भने ।

उनका अनुसार पहिला–पहिला मानिसहरु पिडीत भएर घरमै बस्ने गरे पनि अहिले जनचेतनाले गर्दा पनि मुद्दाको संख्या बढेको हुन सक्छ । 

अधिकांश मुद्धामा दावी ठहरिदैन : अधिवक्ता ऐर
अधिवक्ता गम्भिर सिंह ऐरका अनुसार पुरुषहरुले दावी गरेका अधिकांश सम्बन्ध बिच्छेदका मुद्धाको अदालतमा दावी नठहरिने गरेका बताउँछन् । 

महिलासँगको पारिवारिक सम्वन्ध स्थिर नहुदा पुरुषहरुले सम्वन्ध बिच्छेदका माुद्धा दायर गर्ने गरेको बताउँदै अधिबक्ता ऐर पुरुषले दायर गरेका धेरैजसो मुद्धामा दावी नहरिने बताउँछन् ।

‘पुरुषले  दायर गरेका करिब ७५ प्रतिशत मुद्धामा दावी  नहरिएको देखिन्छ ।’ अधिवक्ता ऐर भन्छन्  ‘२५  प्रतिशत मुद्धामा मात्र दावी ठहरिने अवस्थाले कमजोर आधारमा पुरुषहरुले मुद्धा दायर गर्ने गरेको देखिन्छ ।’

६० प्रतिशत मुद्धाहरु घर बाहिर सम्वन्ध रहेका कारण श्रीमतीसँग सम्वन्ध बिग्रिएपछि पुरुषहरुले सम्वन्ध बिच्छेदको मुद्धा दायर गर्ने गरेको अधिवक्ता ऐरको ठम्याई छ ।

‘बाहिर सम्वन्धका कारण दायर गर्ने कारण पुरुषहरु खास कारण देखाउँदैनन् ।’ ऐर भन्छन्  ‘त्यसैले अधिकांश मुद्धामा दावी ठहर हुदैन, थोरै मुद्धाको मात्र दावी ठहर हुन्छ ।’