आगलागीबाट अछाममा एक घर जलेर नष्ट

आगलागीबाट अछाममा एक घर जलेर नष्ट

धनगढी । अछाममा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ मालुमेलाका मने बुढाको घरमा शुक्रबार बिहान आगलागी भएको हो । 

खाना पकाउनका लागि चुलोमा बालिएको आगो नजिकै राखिएका लुगामा सल्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ ।

आगलागीबाट नगद ५५ हजार रुपैयाँसहित बुढाले पालेका २ वटा बाख्रा र ३ कुखुरा समेत मरेको बताइएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।