धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

नेपाल प्रहरीको प्रवक्तामा आचार्य

नेपाल प्रहरीको प्रवक्तामा आचार्य

काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा  प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य चयन भएका छन् ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो । 

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ता तोकिएको उक्त सचिवालयले शुक्रबार जनाएको छ ।