धनगढी पोष्ट
शुक्रबार, ०४ माघ २०८१ मा प्रकाशित
कैलाली । चार महिनादेखि चल्न नसकेको सुदूरपश्चिम प्रदेश सभाको बैठकको मिति तय गरिएको छ ।
यही माघ ६ गते प्रदेश सभाको बैठक बस्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको हो ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार माघ ६ गते बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
यसैबिच बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा केही विधेयक र विषयगत समितिका सदस्यहरूको जिम्मेवारी हेरफेरबारे छलफल भएको छ ।
गत असोज ५ गते प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएपछि प्रदेश सभाको बैठक बस्न सकेको थिएन ।