धनगढी पोष्ट बुधबार, ०९ माघ २०८१   January 22, 2025

सरकार निर्माणका बारेमा चिता लिनुपर्ने बेला भएको छैन : मुख्यमन्त्री शाह

सरकार निर्माणका बारेमा चिता लिनुपर्ने बेला भएको छैन : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ नजिकको सरकार निर्माणका बारेमा चितालिनुपर्ने बेला नभएको बताएका छन् । सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवसका अवसरमा सोमबार मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

मुख्यमन्त्री शाहले भने,‘हामीलाई स्थिर सरकार चाहिएको छ कि छैनन् । स्थिरता हाम्रो आवश्यता हो की होइन ? त्यसले राम्रो ग¥यो ग¥यन भन्ने चर्चा हुन सक्छ । तपाईहरुले कमेन्ट गर्ने सक्नु हुन्छ । तर सरकारको आयुको बारेमा तपाईहरु चिन्ता कि ? तपाईहरु बेला–बेलामा कि झस्कीनु हुन्छ । कि निन्द्रा बाट बिहिझिनु हुन्छ ।’

गठबन्धन सरकार, दुई तिहाइ नजिकको सरकारलाई आफनो काम कर्तव्यलाई निरन्तर अगाडि बढन् वातावरण मात्रै नभई शुभकामना समेत दिन मुख्यमन्त्री शाहले आग्रह समेत गरे । 

‘मित्रहरुले विषिनु भयो । हस्ताक्षर गरेर अर्का दलको व्यक्तिलाई मुख्यमन्त्री बनाउछु भनेर सहिछाप गरेको २४ घण्टा नबिदै कुन प्रक्रियामा बन्नु भयो । के त्यहाँ निर नैतिकताको प्रश्न आउँदैन । हामीले सबै कुरा अरु तिर मात्रै इगित गर्ने खोज्यौँ । औँला त्यसाउन खोज्यौँ भने हामी कही पनि पुग्दैनौँ,’ मुख्यमन्त्री शाहले भने । 

गलत क्रियाकलापको समिक्षा गर्दै हामीहरु सबैले एक जुट भएर संघीयता, संविधान र संरचनालाई जोगाउन तर्फ लाग्नुपर्ने मुख्यमन्त्री शाहले बताए ।