धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

रुखबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

रुखबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडी । बैतडीमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–५ बारुगाउँकी ५१ वर्षीया कलावती साउंदको मृत्यु भएको हो। 

घर नजिकै रहेको भिमलको रुखमा स्याउला काट्ने क्रममा रुखबाट लडेर घाइते भएकी उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।