धनगढी पोष्ट
बिहिबार, १५ साउन २०७७ मा प्रकाशित
नेपालगन्ज
नेपालगन्ज स्थित आन्तरिक राजस्व कार्यालयका थप ४ जना कर्मचारी र कर्मचारीका परिवारका ५ सदस्य सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आन्तरिक राजस्व कार्यालय परिसरमा संकलन गरिएका स्वाबबाट बिहीबार बिहान थप ११ जनामा कोेरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
बिहीबार कोरोना पुष्टि भएका मध्य एक जना नायब सुब्बा र एक जना शाखा अधिकृतमा यसअघि नै कोरोना पुटि भएको थियो ।
साउन १० गते एक जना शाखा अधिकृतलाई कोरोना संक्रमण भएपछि त्यसको दोश्रो दिन आन्तरिक राजस्व कार्यालय परिसरमा ५४ जना कर्मचारी र परिवारका सदस्यको स्वाब संकलन गरिएको थियो । १० जना आन्तरिक राजस्व बाहेकका व्यक्तिको स्वाब संकलन भएको थियो ।
कार्यालय स्रोतका अनुसार पति पत्नी दुबैलाई कोरोना भएको छैन । संक्रमण भएका पुरुषका पत्नीलाई कोरोना भएको छैन भने संक्रमित पत्नीका पतिलाई पनि कोरोना देखिएको छैन । आन्तरिक राजस्वमा कुल ११ जना संक्रमित भएकोमा ६ जना कर्र्मचारी र ५ जना परिवारका सदस्य हुन् ।