धनगढी पोष्ट
मङ्गलबार, ०८ माघ २०८१ मा प्रकाशित
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ धुलाचौरस्थित भित्री सडक खण्डमा गएराति करिब ९:४५ बजे बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
दिपायलबाट कानाचौरतर्फ जाँदै गरेको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको थियो ।
दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर निवासी ३० वर्षीया ज्ञानकुमारी बोहरा र सप्तरी कंकाली नगरपालिका-४ निवासी २४ वर्षीया काजल मण्डल घाइते भएका छन् ।
ज्ञानकुमारी बोहराको दायाँ आँखा, टाउको र दायाँ हातमा चोट लागेको छ भने काजल मण्डलको दुवै खुट्टा र घाँटीमा चोट लागेको छ । दुवैको अवस्था मध्यम रहेको बताइएको छ ।
घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। जोरायल डोटी घर भएका बोलेरोका चालक अर्जुन मल्ल सामान्य घाइते भएका छन् र उनको पनि उपचार भइरहेको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटनाको कारण जिपको ब्रेक फेल भएको जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।