धनगढी पोष्ट
बुधबार, ०९ माघ २०८१ मा प्रकाशित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रुपन्देही अदालतमा हाजिर भएका छन् । सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा बयान दिन लामिछाने अदालतमा उपस्थित भएका हुन् ।
बिहान १० बजे अदालतमा हाजिर भएको जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । अब उनको बयान हुनेछ । बयानपछि थुनछेक बहस शुरू हुने उनले बताए ।
लामिछाने श्रीमती निकिता पौडेलका साथ मंगलबार साँझ भैरहवा आइपुगेका पुगेका थिए ।
लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ सहितगरी ४२ जनाविरुद्ध जिल्ला अदातलमा मुद्दा दर्ता भएको थियो ।
लामिछाने र पूर्वडीआइजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसूरमा पूरक र जितेन्द्रबाबु राई (जीबी)सहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो ।
पूरक र थप अभियोग सहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादी विरुद्ध मुद्दा दर्ता भएको हो ।