धनगढी पोष्ट
बुधबार, ०९ माघ २०८१ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिकामा लागु औषध बिक्रीको आरोपमा प्रहरीले पसल सँचालकलाई पक्राउ गरेको छ ।
लम्कीचुहा नगरपालिका १ चुहा स्थित बर्ष ५० की कमला रावललाई लागु पसलमा लागु औषध राखेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
रावलको पसलमा ७ शय ग्राम लागु औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।