धनगढी पोष्ट बिहिबार, १० माघ २०८१   January 23, 2025

कैलाली-कञ्चनपुरमा अवैध सामान बरामद

कैलाली-कञ्चनपुरमा अवैध सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानबाट मंगलबार २ लाख ४० हजार ३५० मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो । 

धनगढी उपमहानगरपालिका-१९ खेदाघाट, टीकापुर नगरपालिका-९ बालुवाटार र कैलारी गाउँपालिका-५ मनिकापुर जंगलबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६५ हजार ९५० मूल्यको बिडी, बदाम, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।  

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१० सुकासालबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७४ हजार ४०० मूल्यको चिनी, खानेतेल, चक्लेट, बिँडी, सुर्ती लगायतका सामान अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।