धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

एमाले नेता ऐन महर बिरुद्ध बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको आदेश

एमाले नेता ऐन महर बिरुद्ध बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको आदेश

उच्च अदालत पाटनले बलात्कार मुद्दामा एमाले केन्द्रीय सदस्य ऐन महर विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  उच्च अदालतका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले महर विरुद्ध बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ ।

महरले बारम्बार यौन दुव्र्यवहार गरेको आरोप लगाएकी रश्मिलाकुमारी धामीले दायर गरेको उजुरीको सुनुवाइपछि यस्तो निर्णय भएको हो । काठमाडौँ प्रहरी परिसरमा दिएको जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडित महिलाले महर विरुद्ध अनुसन्धानको माग राखेर उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

धामीका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी,  इन्द्र अर्याल र अञ्जना अर्यालले न्यायको पक्षमा बहस गरेका थिए ।

महरलाई तत्काल कानुनी कारबाही गर्न माग गर्दै उनले आफ्नो मुद्दामा प्रगति हुन नसकेकोमा असन्तुष्टि जनाउँदै अनसन बसिन् ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष भैसकेका बझाङका महर एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्येमा पर्छन् ।