धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढी–अत्तरिया सडकका कारण पानी निकास नहुँदा १५ सय घर डुवानमा

धनगढी–अत्तरिया  सडकका कारण पानी निकास   नहुँदा १५ सय घर डुवानमा

धनगढी

 निर्माणाधिन धनगढीअत्तरिया लेन सडकका कारण पानी निकास हुने स्थान पुरिँदा धनगढी वडा नम्बर मा मात्रै झण्डै एक हजार पाँच सय घर डुवानमा परेको छन्

 वडानम्बर को पानी गुरुद्वारा मार्ग राष्ट्रीय वाणिज्य बैंङ्क हुँदै वडा नम्बर मा तथा  मिलनचोक हुँदै वडा नम्बरवडा बाट निकास हुनेगरेकोमा लेन सडक निर्माण संगै पानी निकास हुने मार्ग खुम्चिदा यस बर्ष झनै डुवानमा परेको वडा अध्यक्ष बलबहादुर एरले बताए

 ‘यस अघि पनि वडा नमबर को विशालनगर मित्रनगर क्षत्र डुवानमा पर्दै आएका थिए वडा अध्यक्ष ऐरले भने–‘तर लेन सडक निर्माण संगै पानी निकास हुने स्थान खुम्चिदा यस बर्ष झनै डुवानमा परेको लेन सडक निर्माण संगै निर्माण गरिएका कल्भर्ट जकिमनको सतह भन्दा फिट उचाइमा निर्माण गरिएका कारण सहजै पानी निकास हुन नसकेको त्यसले वडा नम्बर डुवानमा परेको वडा अध्यक्ष ऐरले बताए

 उनका अनुसार हाल वड नम्बर मा मात्रै एक हजार पाँच सय बढी घर डुवानमा परेका छन् पानी निकासका लागि अबरोध भएका स्थानमा डोजरले माटो निकालिएको लगातारको बर्षा पछि पानी निकास नहुँदा धनगढी मै सञ्चालित भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, विद्युत प्राधिकरण धनगढी वितरण शाखा गुणस्तर तथा नापतौल कार्यालय धनगढी, कैलाली क्षत्रपनि जलमग्न भएका छन्  

 मंगलबार राती देखी भएको अविरल बर्षाका कारण धनगढीका अन्य क्षत्रपनि जलमग्न भएका थिए पानी निकास हुने स्थान अतिक्रमण गर्दै जथाभावी घर निर्माण गरिंदा डुवान बढ्न थालेको हो वडा प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उप– महानगरपालिकाका को पुरानो भन्सार क्षेत्र, आन्तरिक राजस्व कार्यालय पछिाडीको क्षत्र, चटकपुर क्षत्रे, धनगढी को हसनपुर, शिवनगर क्षेत्र डुवानमा परेका थिए