धनगढी पोष्ट
बिहिबार, १० माघ २०८१ मा प्रकाशित
धनगढी । एशियन लाइफ इन्स्योरेन्सका सुदुरपश्चिम प्रदेश प्रमुख गणेश बहादुर साउदको अध्यक्षतामा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी तदर्थ कार्यसमिति गठन गरिएको छ ।
सुदुरपश्चिम पदेशमा रहेका जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरुको बिहीवार धनगढीमा भएको भेलाले साउदको अध्यक्षतामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत रुपमा चयन भएको कार्यसमितिको उपाध्यक्ष सन नेपाल लाइफ इन्स्योरेन्सका लक्ष्मीकान्त जैशी, महासचिव आइ.एम. ई फाइफ इन्स्योरेन्सका सुमन तिमिल्सेना, सचिव नेशनल लाइफ इन्स्योरेन्सका नवीन किशोर भट्ट र कोषाध्यक्ष सिटीजन लाइफ इन्स्योरेन्सका गंगाराम जोशी चयन भएका छन् ।
त्यस्तै सदस्यमा नेपाल लाइफ इन्स्योरेन्सका दिपक भट्ट, रिलायन्स लाइफ इन्स्योरेन्सका चन्द्र बिष्ट, लाइफ इन्स्योरेन्सका (नेपाल) का ललित ऐर र माइको लाइफ इन्स्योरेन्सका प्रकाश चन्द्र जोशी चयन भएका छन् ।
समितीले सल्लाहकार समितीमा सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सका गणेश उप्रती, सुर्मज्वती लाइफ इन्स्योरेन्सका मोहन पुरी र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका पदम रानालाई चयन गरेको छ ।
गठन भएको समितीले पेशागत आपसी समिज्यता,पेशागत अनुभव, शेयर बिमा सम्बन्धी जागरण, अवस्था प्रतिसप्रर्धालाई निरुसाही पार्न मेलमिलाप, कर्मचारी, पिरलाई, जीवन बिमा कम्पनी तफैका कर्मचारीहरुलाई सदस्यता विस्तार अघि बढ्न तर्फ प्रेरित गरिने समितिको उदेश्य रहेको छ ।