धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

महाकाली राजमार्गमा पहिरो खस्दा सडक खनिरहेको जेसीबी पल्टियो

महाकाली राजमार्गमा पहिरो खस्दा सडक खनिरहेको जेसीबी पल्टियो

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका-५ ठड्याभीरमा सडक बनाउने क्रममा पहिरो खस्दा एक्साभेटर (जेसीबी) पल्टिएको छ ।

शुक्रबार बिहान सडक माथिबाट सुख्खा पहिरो खस्दा सडक खनिरहेको जेसीबीलाई पनि नदीतर्फ खसालेको हो । दुर्घटनामा जेसीबीका चालक घाइते भएका छन् । 

पहिरोले एक्साभेटर खसालेको र चालक जाजरकोटको जुनीचाँदे गाउँपालिका-११ घर भएका २६ वर्षीय रेशम बुढामगर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले स्काभेटरमा पुरिएका चालकको सुरक्षाकर्मीले उद्दार गरेर जिल्ला अस्पताल पुर्‍याएका छन् ।

प्रदेश ०३ -०१-००३ क ७४०५ नम्बरको एक्साभेटर महाकाली नदी किनारसम्म पुगेको छ । सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध बनेको छ ।