धनगढी पोष्ट
शुक्रबार, ११ माघ २०८१ मा प्रकाशित
धनगढी । धनगढी लेडी जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । धनगढीमा शुक्रबार वर्ष २०२५ का कार्यसमितीको ११ औँ पद हस्तान्तरण तथा पुस्कार वितरण समारोह सम्पन्न भएको हो ।
वर्ष २०२४ की अध्यक्ष सुशिला निरौलाले वर्ष २०२५ की अध्यक्ष निता चौधरीलाई पद हस्तान्तरण गरेकी थिइन् । निरौलाले चौधरीलाई अध्यक्षको पद हस्तान्तरण गर्दै शपथ समेत खुवाएकी थिइन् ।
पद हस्तान्तरण सँगै अध्यक्ष चौधरीले वर्ष २०२५ का कार्यसमिती सदस्यहरुलाई शपथ खुवाएकी थिइन्।
वर्ष २०२५ को कार्यसमिती कार्यकारी उपाध्यक्षमा अस्मी धामी, मिना जोशी रहेका छन् भने उपाध्यक्षमा बेवी कैशली विश्वकर्मा, रिता चौधरी, ऐलीजा राना मगर, शान्ति सिंह रहेका छन् । यसगरी महासचिवमा शोभा भट्ट गुरुङ, सचिवमा स्मृति झा, कोषध्यक्षमा कन्चन खडायत र कानुनी सल्लाहकार जयन्ती पाण्डेय रहेकी छन् ।
यस्तै कार्यसमिती सदस्यहरुमा नेहा सोनम, स्मृति जैरु, दिण्य उपाध्याय, आशा भट्ट, ईश्वरी भण्डारी, बिन्दू चौधरी, मिनु चौधरी रहेकी छन् ।
कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सरकारी भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्माला देवी साउद रहेकी थिइन् । प्रमुख अतिथी राज्यमन्त्री साउदले नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिन् ।