धनगढी पोष्ट
बिहिबार, १५ साउन २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा सुदूरपश्चिम प्रदेशमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका अनुसार १ महिला र ६ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
बिहीबार कोरोना संक्रमण देखिएकामा धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का एक जना र वडा नम्बर ११ का ४ जना पुरुष रहेका छन् । यस्तै कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १३ का एक पुरुष र दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ गोकुलेश्वर की १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।