धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

धनगढी उपमहानगरले शिक्षाविद् पन्तलाई नागरिक अभिनन्दन गर्ने

धनगढी उपमहानगरले शिक्षाविद् पन्तलाई नागरिक अभिनन्दन गर्ने

धनगढी । धनगढी उपमहानगरपालिकाले शिक्षाविद् हेमराज पन्तलाई यहि माघ ३० गते नागरिक अभिनन्दन गर्ने भएको छ ।

प्राध्यापक डाक्टर समेत रहेका पन्तले शिक्षा क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्न लागेको हो ।

शिक्षाविद् पन्तलाई नागरिक अभिनन्दन गर्न शुक्रवार समिति गठन गरिएको छ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल संयोजक रहेको १५१ सदस्यीय समिति गठन गरिएको हो ।

पन्तलाई धनगढी चौराहादेखि रथमा परिक्रमा गरि पार्कमोडमा सम्मान कार्यक्रम राखेको धनगढी नगरप्रमुख गोपाल हमालले जानकारी दिए । नगरप्रमुख हमालले भनेका छन ‘शिक्षकहरू पाउँदैन थिए ।

पन्त सर एक्लै भएपनि बस्नु भयो। हाकीमहरूलाई पढाउन आग्रह गर्नु भयो । अहिले सुदूरपश्चिमको जुन जिल्लको क्याम्पसमा पनि हेमराज सरको विद्यार्थी शिक्षक छन। अहिले गाउँ–गाउँ, कुना–कुनामा हेमराज सरका विद्यार्थीहरू छन । केएमसीको विद्यार्थीहरू छन् ।’

नगर प्रमुख हमालले यहि माघ ३० गते बिहान ८ बजे प्राध्यापक डाक्टर पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गर्ने निर्णय भएको बताए ।

पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापनमा पन्तको भूमिका महत्वपूर्ण छ । पन्तले २०३७ साल माघ १ गतेदेखि कैलाली क्याम्पसमा पढाउन थालेका थिए । पन्तले मासिक एक हजार रुपैयाँमा आइकमका विद्यार्थीहरूलाई पढाउन थालेका हुन् ।

कैलाली वाणिज्य क्याम्पसको नाम २०३८ सालमा कैलाली बहुमुखी क्याम्पस राखिएको थियो । भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए ।

प्राध्यापक पन्तले २०६६ सालसम्म कैलाली बहुमुखी क्याम्पसको प्रमुख पदरमा रहेर काम गरेका छन् ।

डोटीको शिखर नगरपालिका९, उच्चाकोटमा २०११ साल फागुन २१ गते जन्मिएका पन्तले धनगढीलाई कर्मथलो बनाएका हुन् ।