धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

देवरिया सामुदायिक वन उपभोक्ता समूहको २१ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न

देवरिया सामुदायिक वन उपभोक्ता समूहको २१ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरियामा रहेको देवहरिया सामुदायिक वन उपभोक्ता समूहको २१ औँ वार्षिक साधारण सभा तथा १० औँ अधिवेशन सम्पन्न भएको छ । देवरिया सामुदायिक वन उपभोक्ता समूहले शनिबार एक कार्यक्रमका बिच आफनो २१ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथी रहेका डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत लोकराज दाहालले वन जोगाउनमा सबै निकायको भूमिका रहेको बताए । वन जोगाउनमा पदाधिकारीको मात्रै भूमिका नभएर उपभोक्ताहरुको पनि भूमिका हुने उनले बताए । वन जङ्गगल फँडानी भन्दा पनि वन जोगाउन तर्फ सबै मिलेर लाग्नुपर्नेमा उनले जोड दिए । 

कार्यक्रमका विशिष्ट अतिथी रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोतीराम राना थारुले ७ नम्बर वडामा वन जङ्गगल मात्रै नभई सम्पदाको खानी समेत रहेको बताए । उनले यसको संरक्षण सम्वद्र्धन गर्न जरुरी रहेको बताए । उनले वन फँडानी भन्दा पनि वन जोगाउन तर्फ सबै वडा बासिले लाग्नुपर्ने बताए । 

वन उपभोक्ता समूहको गत आर्थिक वर्ष २०८०÷०८१ मा कुल आम्दानी ११ लाख दुई हजार सात सय ८२ रुपैयाँ आम्दानी गरेकोमा ५८ हजार तीन सय १३ रुपैयाँ खर्च गरेको छ, भने १० लाख ४४ हजार चार सय ६८ रुपैयाँ बचत गरेको छ ।

कोषाध्यक्ष भागीराम चौधरीले सम्रग प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा समिती संयोजक छवी रानाले गरेका थिए । देवरिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शारदा प्रसाद रानाको अध्यक्षत्यतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष  जगत राम रानाले  स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको सञ्चालन सचिव सगिना जाग्रीले गरेकी थिइन् ।