धनगढी पोष्ट
शनिबार, १२ माघ २०८१ मा प्रकाशित
धनगढी । मजगाउँ माघि महोत्सवमा सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई थारु कल्याकारिणी सभा गोदावरी नगर कमिटिले ज्ञापन पत्र बुझाएको छ ।
थारु कल्याणकारिणी सभाका नगर सभापति जनकलाल चौधरी र थारु कल्याणकारी सभाको केन्द्रिय पार्षद तथा माघी महोत्सवका सल्लाहकार माधव चौधरीले मुखयमन्त्री शाहलाई ज्ञापन पत्र हस्तान्त्रण गर्दै गोदावरी नगर स्तरिय निर्माणधिन मजगाउँ थारु संग्राहलय निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न, मजगाउँ थारु होमस्टे प्रवद्र्धन तथा व्यवस्थापन गर्न, मजगाउँ होमस्टेसंग जोड्ने मजगाउँदेखि सिद्धबावा मन्दिर हुँदै फकलपुर गाउँ सम्म पिचरोड निर्माण कार्य सम्पन्न गर्ने कार्य तिव्रता दिन माग गरे ।
ज्ञापनपत्रमा फकलपुर देखि जमुना नगर सम्मको कृषि सडकको रुपमा कालोपत्रे योजनामा बजेट विनियोजन गर्न, मजगाउँ देखि भल्का जोड्ने सडकको मर्मत सम्भार गर्नु पर्ने लगायतका माग गरिएका छन् ।
त्यस्तै श्रीपुरदेखि बडेहासम्मको सडक कलो पत्रे गर्न, मजगाउँदेखि जोनापुर जोडने भित्री सडको स्तरोन्नति गर्न, गोदावरी नगर भित्रका पर्यटकीय क्षेत्र भल्का, सिद्धबाबा, हाटखोली, गोलादेउ, गोदावरी धाम लगायतलाई प्रवर्दन गर्न ज्ञापनपज्ञमा माग गरिएको छ ।