धनगढी पोष्ट शनिबार, १९ माघ २०८१   February 1, 2025

जंगलमा गाईबस्तु चराउन गएका दुई किशोरी मृत भेटिए

जंगलमा गाईबस्तु चराउन गएका दुई किशोरी मृत भेटिए

अछाम । अछाममा दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका-१ को जंगल क्षेत्रमा शनिबार साँझ दुई किशोरी ​मृत भेटिएका हुन् ।

ढकारी गाउँपालिका-८ का कमल खड्काकी छोरी १४ वर्षीया  ईश्वरा खड्का र उदयराम खड्काकी छोरी १४ वर्षीया सरस्वती खड्का शनिबार बेलुकी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

दुवै किशोरी शुक्रबार ढकारी-१ मा पर्ने छिन्ने ओडार जंगलमा गाईबस्तु चराउन गएका थिए। दुवैजना साँझ नफर्किएपछि परवार र आफन्तले खोजी गरेका थिए।

यसक्रममा शनिबार साँझ साढे ६ बजेतिर जंगलमा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।

अनुसन्धानका लागि अहिले प्रहरी नायब उपरीक्षक ९डीएसपी० नेतृत्वको टोली घटनास्थलतर्फ गएको देउवाले बताए।