बालविवाह मुक्त नेपाल अभियान भेला तथा हस्ताक्षर संकलन कार्यक्रम

बालविवाह अन्त्य गर्न निरन्तर अभियान आवश्यक छ : राज्यमन्त्री बम

बालविवाह मुक्त नेपाल अभियान भेला तथा हस्ताक्षर संकलन कार्यक्रम

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले  बालविवाह प्रथाको रुपमा रहेकोले यसलाई अन्त्य गर्न निरन्तर अभियान आवश्यक रहेको बताएका छन् ।

‘आमा र बच्चाको भविष्यका लागि बालविवाह ठीक छैन ।’  धनगढी उपमहानगरपालिकाको वडा नम्बर १९ उत्तर खैरनी शिविरमा आयोजित बालविवाह मुक्त नेपाल अभियान भेला तथा हस्ताक्षर संकलन कार्यक्रममा राज्यमन्त्री बमले भने ‘नेपाली समाजमा अभिसापका रुपमा बाल विवाह प्रथाका रुपमा कायम रहेको छ । त्यसैले बालविवाह बिरुद्धको अभियान  निरन्तर आवश्यक छ ।’

सानै उमेरमा विवाह गरेर जिम्मेवारीबाट उम्किने प्रवृत्ति र धर्म कमाउने आशाले  बालविवाह बढेको बताउँदै राज्यमन्त्री बमले यसलाई रोक्न समाज सबै पक्ष मिलेर अघि बढ्नु पर्ने बताए । 

पछिल्लो समय मोबाइलको उपयोग र सामाजिक सन्जालले पनि बालविवाह बढेको बताउदै राज्यमन्त्री बमले बताए । ‘विवाहका बारेमा थाहै नहुदै, जिम्मेवारी बारे थाहै नहुदा विवा हुदा पछि पछुताउने गरेका छन् । अहिले अदालतमा सबै भन्दा बढी सम्वन्ध बिच्छेदका मद्धाहरु छन् ।’

राज्यमन्त्री बमले भने, ‘त्यसैले परिपक्व नभएर विवाह गर्ने प्रबृत्ति रोक्नु पर्छ । आमा बुवाले पनि कआफना् नानी बाबुहरुको ख्याल गर्नु पर्छ ।’ 
सुदरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले सामाजिक साँंस्कृतिक र आर्थिक कारणले बालविवाह भैरहेको बताउदै यसका बिरुद्ध सचेतना बृद्धि गर्नु पर्ने बताइन् ।

बालविवाह रोक्न सचेतनाका कार्यक्रम अझै बढाउनु पर्छ । प्रदेश सभा सदस्य देवकोटाले भनिन् कानुनले निषेध गरेको बालविवाह रोक्न राज्यसँगै समाजका सबै पक्ष मिलेर अघि बढ्नुपर्छ ।  

वडा नम्बर १७ का अध्यक्ष माधव रानाले बालविवाह न्युनीकरणका लागि वडातहसम्मै सचेतनाका कार्यक्रम आवश्यक रहेको बताए । शिक्षा र सचेतनाका कार्यक्रम सँग्र लिन सके बालविवाह न्युनीकरणका सहयोग पुग्ने वडा अध्यक्ष रानाले बताए ।

धनगढी नगरस्तरिय भलमन्सा समितिका अध्यक्ष रोहित चौधरीले  थारु समुदायमा बालविवाह समस्याका रुपमा रहेको बताउँदै यसलाई न्युनीकरण गर्न आफुले सक्दो पहल गर्ने बताए ।

मुक्त कमैया महिला बिकास मन्चकी कार्यकारी निर्देशक कौशिला चौधरीले परिवारको राम्रो ख्याल नहुदा  बाबालिकाहरुले बालविवाह गर्ने गरेकोले त्यसलाई कम गर्न अभिभावकहरु सचेत हुनु पर्ने बताइन् । 
 

बेसका कार्यवाह अध्यक्ष यज्ञराज चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  नेकपा माओवादी केन्द्रका धनगढी नगर कमिटी उपाध्यक्ष राम बहादुर चौधरी, मुक्त कमैया अभिन्ता चेतराज चौधरी, दैदवारी मुक्त कमैया शिविरकी सुशीले चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रममा बेस कैलालीका अध्यक्ष रामप्रसाद चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

बेस र जस्ट चाइट फर चिल्डेनको आयोजना र  कमैया प्रथा उन्मुलन समाजको सहकार्यमा उत्तः कार्यक्रम भएको हो । काठमाण्डौबाट शुरु भएको अभियानले देशभरि बालविवाह बिरुद्ध जनप्रतिनिधि र सर्वसाधारणको प्रतिवद्धता संकलन गर्ने र अभियान चलाउने गर्दै आइरहेको बेसका कार्यक्रम संयोजक लक्ष्मण चौधरीले बताए ।