धनगढी पोष्ट बुधबार, १६ माघ २०८१   January 29, 2025

रञ्जिता श्रेष्ठले मागिन् राज्य व्यवस्था समिति सदस्य

रञ्जिता श्रेष्ठले मागिन् राज्य व्यवस्था समिति सदस्य

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले प्रतिनिधि सभा अन्तर्गतको राजय व्यवस्था तथा सुशासन समितिको सदस्यका रुपमा रहन चाहेकी छन् ।

यसका लागि नाउपाको संसदीय दलको कार्यालयले संसद सचिवालयमा पत्र पठाएको छ ।

अघिल्लो सरकारमा श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री थिइन् । मन्त्री भएका कारण उनी कुनै पनि संसदीय विषयगत समितिमा थिइनन् ।

‘राज्य व्यवस्था समितिमा रहने गरी संसद सचिवालयमा पत्र दिइएको छ । सदन चालू भएपछि हुन्छ भन्नुभएको छ’ श्रेष्ठले जानकारी दिइन् । संसद सचिवालयले भने कुनै निर्णय गरिनसकेको जनाएको छ ।