धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

प्रयागराज महाकुम्भ मेलामा भएको भागदौडमा कैयौँको मृत्यु

प्रयागराज महाकुम्भ मेलामा भएको भागदौडमा कैयौँको मृत्यु

काठमाडौँ । गंगा, यमुना र सरस्वती नदीको संगमस्थल प्रयागराजमा  चलिरहेको विश्वप्रसिद्ध महाकुम्भ मेलामा बुधबार भागदौडमा परेर कैयौँको मृत्यु भएको छ ।

एक दिनमै करिब एक करोड पुग्ने यो मेलामा बुधबार बिहान भागदौड मच्चिएको थियो। जसमा धेरैले ज्यान गुमाएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । 

कम्तीमा १५ जनाको मृत्यु भएको र कैयौँ अस्पतालमा उपचार गराइरहेको प्रहरी अधिकारीले बताएका छन्। 

घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई फोन गरेर घटना विवरण बुझेका छन्। योगी आदित्यनाथले दर्शनार्थीहरूलाई प्रशासनको नियम मानिदिन अनुरोध गरेका छन् ।