धनगढी पोष्ट
शुक्रबार, १८ माघ २०८१ मा प्रकाशित
धनगढी । कैलाली जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०८१÷०८२ को साढे छ महिनामा महिलाहरुद्वारा सम्बन्ध बिच्छेदका दुई सय ५५ मुद्दा दर्ता भएका छन् ।
कैलाली जिल्ला अदालतका श्रेस्तेदार चेतराज पन्तका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ १७ सम्म ती सम्वन्ध बिच्छेदका मुद्दा दर्ता भएका हुन् ।
चालु आर्थिक वर्षको सुुरुका साढे महिनामा दर्ता भएका सम्वन्ध बिच्छेदका मुद्दाको संख्या अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा महिलाद्वारा दर्ता भएका सम्वन्ध बिच्छेदका मुद्दा भन्दा एक सय ७८ ले मात्र कमी हो ।
अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा महिलाहरुद्वारा चार सय ३३ सम्वन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षमा दर्ता भएका मुद्दा मध्य एक सय १३ सम्वन्ध बिच्छेदका मुद्दाको जिम्मेवारी सरेर चालु आर्थिक वर्षमा आएको थियो ।
श्रेस्तेदार चेतराज पन्तका अनुसार चालु आवमा दर्ता भएका र अघिल्लो आर्थिक बर्षका जिम्मेवारी सरेका मध्य दुई सय २३ सम्वन्ध बिच्छेदका मुद्दाको फैसला भएको छ । एक सय ४५ मुद्दाको फैसला हुन बाँकी छ ।
चाल आवकै शुरुका साढे छ महिनामा पुरुषह्द्धरा सम्बन्ध बिच्छेदका एक सय एक मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमाबाट जिम्मेवारी सरेका ६० र नया दर्ता भएका मध्य ६० मुद्धाको फैसला भएको छ भने एक सय एक मुद्दा फैसला हुन बाँकी रहेका छन् ।
मुलुकी देवानी संहिता २०७४ ले पुरुषलाई पनि सम्बन्ध विच्छेदका लागि निवेदन दिन सक्ने व्यवस्था गरेको थियो । त्यसपछि पुरुषहरुले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने थालेका हुन् ।
गत आर्थिक वर्ष २०८०÷०८१ मा महिलाहरुद्वारा चार सय ३३ मुद्दा दर्ता गरेका थिए, भने अघिल्लो आर्थिक वर्ष दर्ता भएका एक सय २८ मुद्दाको जिम्मेवारी सरेको थियो । त्यस वर्ष चार सय ४८ मुद्दा फैसाला भएका थिए, भने एक सय १३ मुद्दा फैसला हुन बाँकी रहेको थियो ।
यसै अवधिमा पुरुषका एक सय १९ मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष ९४ मुद्दा जिम्मेवारी सरेर आएकोमा एक सय ५३ मुद्दा फैसला भएका थिए, भने ६० मुद्दा फैसला हुन बाँकी रहेका थिए ।
आर्थिक वर्ष २०७९÷०८० मा महिलाहरुद्वारा तीन सय ६८ मुद्दा दर्ता गरेको मध्य अघिल्लो आर्थिक वर्ष दर्ता भएका एक सय १८ मुद्दाको जिम्मेवारी सरेको थियो । त्यस वर्ष तीन सय ५८ मुद्दा फैसाला भएकोमा एक सय २८ मुद्दा फैसला हुन बाँकी थियो ।
यस अवधिमा पुरुषका एक सय २२ मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्ष ९८ मुद्दा जिम्मेवारी सरेर आएकोमा एक सय २६ मुद्दा फैसला भएका थिए । भने ९४ मुद्दा फैसला हुन बाँकी रहेको थियो ।
गत आर्थिक वर्ष २०७८÷०७९ मा महिलाहरुद्वारा दुई सय ४७ मुद्दा दर्ता भएको थियो । भने अघिल्लो आर्थिक वर्ष दर्ता भएका एक सय ८५ मुद्दाको जिम्मेवारी सरेका थिए । त्यस वर्ष तीन सय १४ मुद्दा फैसाला भएकोमा एक सय १८ मुद्दा फैसला हुन बाँकी रहेको थियो ।
यसै अवधिमा पुरुषको एक सय २३ मुद्दा दर्ता भएको थियो । अघिल्लो आर्थिक वर्ष ५२ मुद्दा जिम्मेवारी सरेकोमा ७७ मुद्दा फैसला भएका थिए, भने ९८ मुद्दा फैसला हुन बाँकी रहेको थियो ।
श्रेस्तेदार पन्तले श्रीमानले मानवजन्य व्यवहार नगरेका कारणले गर्दा नै सम्बन्ध बिच्छेदका मुद्दाहरु बढेको बताए । पुरुषले अरुसँग नाजायज सम्बन्ध राखेकाले पनि मुद्दा दर्ता गर्ने क्रम बढेको उनले बताए ।
पुरुषले धेरै जस्तो पारिवारिक जिम्मेवारी पूरा नगरेका कारणले गर्दा पनि मुद्दाको संख्या बढेको उनको भनाइ छ ।