धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

कैलालीबाट एक लाखको अवैध सामान बरामद

कैलालीबाट एक लाखको अवैध सामान बरामद

धनगढी । कैलालीबाट प्रहरीले एक लाख बढीको अवैध सामान बरामद गरेको छ । शनिवार जिल्लाको गोदावरी, भजनी क्षेत्रबाट १ लाख १९ हजार ३५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

गोदावरी नगरपालिका – ४ वनदेवी नजिक, भजनी नगरपालिका – ७ हलौना घाट र  भजनी नगरपालिका – ६ नवलपुरबाट भारतबाट भन्सार छली ल्याएका सुर्ती, गुड्खा, बिडी, सिद्रा माछा, रातो–सेतो कोरो कपडा, तौलिया, खादा, सिसाको कचौरा, कप सेट, लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।