धनगढी पोष्ट सोमबार, २१ माघ २०८१   February 3, 2025

राष्ट्रियसभाको बैठकमै ढले कांग्रेस सांसद भट्ट

राष्ट्रियसभाको बैठकमै ढले कांग्रेस सांसद भट्ट

काठमाडौं । राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट बैठकमा सहभागी हुँदा हुँदै बिरामी परेका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा भाग लिने क्रममा आशनमा बस्दा भट्ट अस्वस्थ भएर ढलेका थिए ।

भट्ट आशनमै ढलेपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए ।

‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेर ढलेका थिए। चक्कर लागेर ढलेका भट्टलाई नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले बाहिर लगे ।

मधुमेह र उच्च रक्तचापबाट पीडित उनको अहिले संसद् सचिवालयकै स्वास्थ्य शाखामा उपचार भइरहेको छ।