धनगढी पोष्ट मङ्गलबार, २२ माघ २०८१   February 4, 2025

कांग्रेस नगरसभापति कलौनीको अन्त्येष्टी

कांग्रेस नगरसभापति कलौनीको अन्त्येष्टी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली कांग्रेस नगरसभापति अच्युतराज कलौनीको अन्त्येस्टी गरिएको छ । कलौनीको आईतबार महाकाली नदी किनारमा अन्येष्टी गरिएको हो ।

कलौनीको पार्थिव शरिरमा कांग्रेसको झण्डा ओडाएर गृहमन्त्री रमेश लेखकले अन्तिम श्रद्धाञ्जली दिएका छन । श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको कलौनीको पार्थिव शरीरमा आईतबार कांग्रेसको झण्डा ओढाएर लेखकले श्रद्धाञ्जली दिएका हुन ।

श्रद्धाञ्जली सभामा कांग्रेस नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति रहेको थियो ।

शनिबार बिहान भीमदत्त नगरपालिका –१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा कलौनी मृत अवस्थामा फेला परेका थिए । कलौनीको घटना छानबिनका लागि भिसेरा परीक्षण गरिएको छ ।

फरेन्सिक परीक्षण रिपोर्ट आउन बाँकी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । उनले फरेन्सिक जाँच रिपोर्ट आएपछि घटनाको अनुसन्धानमा थप सहज हुने उल्लेख गरे ।