धनगढी पोष्ट
आइतबार, २० माघ २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा रहेको धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयको ७७ औँ वार्षिकोत्सव समारोह तथा अभिभावक दिवस २०८१ सम्पन्न भएको छ ।
विद्यालयले आइतबार एक कार्यक्रमका बिच आफनो ७७ औँ वाषिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।
वाषिकोत्सवमा विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक सत्र २०८१ मा विभिन्न विधामा चार सय २३ जना छात्र र छात्राहरु लाई छात्रवृति वितरण गरेको बताए । विद्यालयमा फर्निचर र विद्यालय भवनको अभाव रहेको उनले बताए । विद्यालयले ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा कोषबाट विपन्न १३ जना छात्राहरुलाई छात्रवृति उपलब्ध गराएको छ । यसैगरी, विद्यालयले स्व.दिनानाथ भट्टद्वारा डिल्लीराज भट्ट स्मृति प्रतिभा पुरुस्कारबाट कक्षा १० र १२ मा प्रथम स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई दुई हजारका दरले पुरुस्कार वितरण गरेको हो ।
यसैगरी, महिला जागरण तथा विकास केन्द्र र दलित महिला अधिकार मञ्चबाट विपन्न १० जना छात्र र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
नसा मुक्ति अभियानका अभियन्ता डा.पिताम्बर अवस्थीले विभिन्न कक्षामा अध्ययन गरी उत्कृष्ट नतिजा हासिल गर्न चार जना मेधाबी चार जना छात्राहरुलाई जनही चार हजारका दरले वितरण गरिएको थियो ।
यस्तै विद्यालयले नौ जना शिक्षक र शिक्षिकाहरु लाई समेत सम्मान गरेको छ । सम्म्मान हुने शिक्षक र शिक्षिकाहरु खग्रेन्दराज ओझा, रामचन्द्र ओझा, जानुका जोशी, लिलादेवी बिष्ट, राधा जोशी, कुन्जना भट्ट, डम्बर साउद, विनु राना र गोविन्द चौधरी सम्मानित भएका थिए ।
बाषिकोत्सवका विशिष्ट अतिथीहरु धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जुगराम चौधरी, कैलाली बहुमुखी क्यापसका क्यापस प्रधानाध्यापक गणेश प्रसाद जोशी, ऐश्वर्य बहुमुखी क्यापसका क्यापस प्रमुख धर्मदेव भट्ट र पच्चोदय माध्यमिक विद्यालयका प्राचार्य हरिश ओझा र ग्यालेक्सी मन्टिपल कलेजका क्यापस प्रमुख जयदत्त भट्टले मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपेन्द्र राज जोशीको सभापतित्वमा ७७ औँ वाषिकोत्सव समारोह तथा अभिभावक दिवस सम्पन्न भएको हो । विद्यालयका प्रधानाध्यापक भट्टले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक खगेन्द्रराज ओझा र मकरबहादुर साउद लगायत विद्यार्थीहरु शर्मिला धानुक, महेश बोहरा, अन्जली उपाध्याय र हरिश बोहराले गरेका थिए ।