धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

धनगढीमा चरेशसहित ठगुन्ना पक्राउ

धनगढीमा चरेशसहित ठगुन्ना पक्राउ

धनगढी । धनगढीमा एक जना चरेशसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-४ बोराडाडीमा सोही ठाउँ बस्ने ५० वर्षीय हरी सिंह ठगुन्नाले संचालन गरेको चिया नास्ता पसलमा खानतलासी गर्दा उक्त पसलबाट ३०२ ग्राम लागूऔषध (चरेश) फेला परेपछि उनलाई पक्राउ गरिएको हो।

ठगुन्नालाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आईतवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।