धनगढी पोष्ट मङ्गलबार, २२ माघ २०८१   February 4, 2025

कञ्चनपुरबाट ९ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुरबाट ९ लाख बढीको अवैध सामान बरामद

धनगढी । कञ्चनपुरबाट ९ लाख बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । आइतबार भीमदत्त नगरपालिका – ६ ऐठपुर र बेलौरी नगरपालिका – ६ प्रेमनगरबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका ९ लाख २० हजार ९५० रुपैयाँ बराबरको समान बरामद गरिएको हो ।

जसमा माछा, सुट पिस, धोती, चप्पल, एक थान मोटरसाइकल लगायतका सामानहरू रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । अवैध भन्सार छलीका सामान बरामद गरिएको जनाइएको छ ।

यस्तै आइतबार नै कैलालीको धनगढी उपमहानगरपालिका – १० चकमेलीघाट नजिक र कैलारी गाउँपालिका – ५ पवेराबाट ४६ हजार ३४० बराबरको प्याज, चिनी, हरियो मटर, बिडी सुर्ती लगायतका सामानहरू बरामद गरिएको छ ।