धनगढी पोष्ट
मङ्गलबार, २२ माघ २०८१ मा प्रकाशित
धनगढी । नेपाली काँग्रेस कैलालीको दोस्रो जिल्ला सम्मेलन हुने भएको छ । जिल्ला कार्य समिति कैलालीको माघ २० गते बसेको बैठकले १४ औँ महाअधिवेशन पछिको दोस्रो जिल्ला सम्मेलन शुक्रवार धनगढीमा गर्ने निर्णय गरेको हो ।
सम्मेलनको पार्टीको केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाद्वारा उद्घाटन हुनेछ ।
सम्मेलनमा पार्टीको केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्रका सदस्यहरू, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभाका क्षत्रिय सभापति, पदाधिकारीहरू, पालिका सभापति पदाधिकारी सदस्यहरूको सहभागी रहने छ ।
यस्तै गरी पार्टीको वडा सभापति, क्षेत्रीय प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरूको प्रमुख एवं प्रतिनिधिहरूको सम्मेलनमा सहभागी हुने नेपाल काँग्रेस कैलाली सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ । सम्मेलन धनगढीमा रहेको कैलाली उद्योग वाणिज्य संघको सभा हलमा हुने छ ।