धनगढी पोष्ट शनिबार, ३१ साउन २०८३   August 15, 2026

कैलालीको एक कुखुरा फर्ममा आगलागी

कैलालीको एक कुखुरा फर्ममा आगलागी

धनगढी । कैलालीको एक कुखुरा फर्ममा आगलागी भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका १० उदासीपुर बस्ने ४० वर्षीय धन सिह भण्डारीको कुखुरा फर्ममा मंगलवार आगलागी भएको हो।

आगलागी हुँदा फर्म भित्र रहेका बोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामान गरी अन्दाजी मुल्य रु१  लाख ५७ हजार ३ सय बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।