धनगढी पोष्ट बुधबार, २३ माघ २०८१   February 5, 2025

टीकापुरबाट लागूऔषधसहित युवक पक्राउ

टीकापुरबाट लागूऔषधसहित  युवक पक्राउ

धनगढी । कैलालीको टीकापुरबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।

मङ्गलवार टीकापुर नगरपालिका – १ खडकचोकबाट ब्लक नम्बर – १३ का २२ वर्षीय अंकित चौधरी
पक्राउ परेका हुन ।

उनको साथबाट ८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।