धनगढी पोष्ट
बुधबार, २३ माघ २०८१ मा प्रकाशित
कञ्चनपुर । कञ्चनपुरबाट प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छली ल्याएको सामान बरामद गरेको छ ।
मंगलबार भीमदत्त नगरपालिका – ११ भुजेला, दोधारा चाँदनी नगरपालिका – १ फोर लाइन पक्की पुल र दोधारा चाँदनी – ७ कञ्चभोजबाट २ लाख ५६ हजार ९७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।
जसअन्तर्गत प्याज, चिनी, मिस्री, थान कपडा, हरियो खुर्सानी, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरू रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।