धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालमा भीमदत्त नगरपालिका–७ बस्ने २३ वर्षका प्रबिन धानुकले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००४ प ७९० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार भीमदत्त नगरपालिका-१६ बस्ने ३१ वर्षीय हिमालबहादुर बमको साथबाट शुन्य दशमलव ६१ ग्राम लागूऔषध खैरो हेरोइन बरामद गरी पक्राउ गरिएको हो।

मोटरसाइकल र दुवै जनालाई अस्थायी प्रहरी बिट सुकासालबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।