धनगढी पोष्ट
शुक्रबार, २५ माघ २०८१ मा प्रकाशित
धनगढी । कैलालीको गोदावरीबाट अवैध रुपमा भन्सार छली गरि ल्याईएका सामग्री बरामद गरिएको छ ।
गोदावरी नगरपालिका– २ अत्तरिया बजारको पहाडरोडस्थित सडक किनारमा भारतबाट ल्याईएका मोटरसाईकल पार्टस्हरु प्रहरीले बरामद गरेको हो ।
प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाको खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख १९ हजार ३०० रुपैया बराबरका मोटरसाईकलका ईन्डीकेटर, ब्याट्री लगायतका सामग्रीहरु बरामद गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
बरामद गरिएका मालसामान भन्सार ऐन नियम बमोजिम आवश्यक कारबाहीका लागि पठाईएको प्रहरीले बताएको छ ।