धनगढी पोष्ट
सोमबार, २८ माघ २०८१ मा प्रकाशित
धनगढी । शिक्षा क्षेत्रमा योगदान पु¥याउने पाँच जना व्यक्तित्वलाई निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम प्रदेश समितिले सम्मान गरेको छ । धनगढीमा सोमबार भएको चौथो अधिवेशनको अवसरमा प्याब्सनले उनीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा शिक्षाविद् एवम् सुदूरपश्चिम विश्वविद्यालयका पुर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द, गार्डनर बोर्डिङ स्कुलका संचालक कैलाश प्रसाद दाहाल रहेका छन् ।
यसैगरी, पञ्चोदय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक यादवप्रसाद जोशी, शिक्षासेवी डिल्लीराज जोशी सम्मानित भएका हुन् । गृहमन्त्री रमेश लेखकले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरेका थिए ।