धनगढी पोष्ट
सोमबार, २८ माघ २०८१ मा प्रकाशित
धनगढी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चन्द्रबहादुर चन्द (सिबी) निविरोध निर्वाचित भएका छन् ।
चन्दको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित चन्द प्याब्सनका केन्द्रिय सदस्य, मालिका कलेजका संस्थापक र क्याम्पस प्रमुख हुन् ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा समरजङ्गबहादुर चन्द, उपाध्यक्षमा केशवदत्त भट्ट, उपाध्यक्षमा डम्बर बहादुर सोडारी, सचिवमा तर्कराज भट्टराई, कोषध्यक्षमा भवानसिंह बिष्ट भट्ट, सह–सचिवमा प्रेमवल्लक भट्ट, सह–कोषाध्यक्षमा बिक्रमकुमार शर्मा चयन भएका छन् ।
सदस्यहरुमा गोपालकुमार शर्मा गौतम, भवानी प्रसाद भाट, लालप्रसाद घिमिरे, बासुदेव भट्ट र हेमन्तकुमार बस्नेत चयन भएका हुन् ।