धनगढी पोष्ट बुधबार, ३० माघ २०८१   February 12, 2025

कैलालीमा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

कैलालीमा बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो । ु२७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन्,ु डीएसपी बोहराले भने, ुगोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर बिकको पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगेर जबरजस्तीकरणी गरेको जानकारी आएको छ ।ु

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।