धनगढी पोष्ट शुक्रबार, ३० फागुन २०८१   March 14, 2025

कञ्चनपुरबाट लागुऔषधसहित दुई युवक पक्राउ

कञ्चनपुरबाट लागुऔषधसहित दुई युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट लागुऔषधसहित बझाङका दुई युवक पक्राउ परेका छन्।

जिल्लाको बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोहि ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको छ।

उनीहरू दुबै जनालाइ चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट ४ किलो ५८७ ग्राम गरि जम्मा ८ किलो ९२६ ग्राम लागुऔषध बरामद गरेको प्रहरीले जनाको छ।