धनगढी पोष्ट बिहिबार, ०१ फागुन २०८१   February 13, 2025

धनगढीमा शिक्षाविद् पन्तलाई नागरिक अभिनन्दन

धनगढीमा शिक्षाविद् पन्तलाई नागरिक अभिनन्दन

धनगढी । शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै शिक्षाविद् डा. हेमराज पन्तलाई धनगढीमा नागरिक अभिनन्दन गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको संयोजनमा पन्तलाई आज धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित रथारोहन गरी पार्कमोडमा आयोजित एक कार्यक्रमका बिच अभिनन्दन गरिएको हो ।

नगरप्रमुख गोपाल हमालले माला, खादा र सम्मानपत्रसहित पन्तलाई अभिनन्दन गरेका थिए ।

धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कैलाली वाणिज्य क्याम्पसको अध्यापन सुरु गराएर शिक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पन्तलाई नागरिक अभिनन्दन गरिएको हो ।