धनगढी पोष्ट बुधबार, ३० माघ २०८१   February 12, 2025

धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

धनगढी । धनगढीको ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि मंगलबार राति चक्कु प्रहारको प्रयास भएको छ ।

राति करिब सवा ८ बजेतिर ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि ती युवकले चक्कु प्रहारको प्रयास गरेको देखिन्छ ।

प्रहरी स्रोतका अनुसार डिउटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवकलाई मंगलबार राति नै पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१४ बस्ने ३६ वर्षीय टेकबहादुर टमटा रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । तर, प्रहरीले घटनाबारे औपचारिक रुपमा जानकारी दिएको छैन ।