धनगढी पोष्ट
बिहिबार, ०१ फागुन २०८१ मा प्रकाशित
धनगढी । कैलालीको धनगढीबाट दुई जना लागूऔषधसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ व्यारेल नजिकबाट गोदावरी नगरपालिका–१० बस्ने २१ वर्षीय विवश चौधरी र कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने २५ वर्षीय धिरज राना लागूऔषधसहित बुधवार पक्राउ परेका हुन्।
यी दुबै जनालाई ६३० मिलिग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।