धनगढी पोष्ट
शुक्रबार, १६ साउन २०७७ मा प्रकाशित
धनगढी
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएका २६ जनामा १६ जना धनगढी उपमहानगरपालिकाका रहेका छन् । यो संगै धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या १ सय २६ पुगेको छ ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका १६ जना मध्ये उपमहानगरपालिकाको वडा नम्बर १४ का ५, वडा नम्बर १८ का १, वडा नम्बर ४ का ४, वडा नम्बर १२ का ३ तथा वडा नम्बर ११, ६ र ८ का एक एक जना रहेका छन् । संक्रमित १६ मध्ये ८ महिला र ८ पुरुष रहेका छन् ।
उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका अनुसार कोरोना पुष्टि भएका सबै भारतबाट फर्केका हुन् ।
उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायका अनुसार शुक्रबार साँझसम्म १६ जनालाई नै आइसोलेसनमा ल्याइने छ । महिलाहरुलाई वडा नम्र १ मा रहेको आइसोलेसन कक्षमा राखिने र पुरुषहरुलाई वडा नम्बर १५ मा रहेको आइसोलेसन कक्षमा राखिने स्वास्थ्य निरिक्षक उपाध्यायले जानकारी दिए ।