धनगढी पोष्ट
शनिबार, ०३ फागुन २०८१ मा प्रकाशित
धनगढी । कैलालीमा अवैध काठसहितको ट्याक्टर फेला परेको छ। जिल्लाको टीकापुर नगरपालिका–१ शिवनगर बस्ने ४१ वर्षीय शेरबहादुर थारुले चलाएको से १ त ३९२६ नम्बरको ट्याक्टर काठसहित टीकापुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले ट्याक्टरमा सिसौ र कटहरको काठ १५ गोलिया ३२।२ क्युफिट फेला पारी उक्त काठ सहितको ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारवाहीको लागिसब डिभिजन बन कार्यालय टीकापुर कैलालीमा बुझाएको जनाएको छ।