धनगढी पोष्ट शनिबार, १० फागुन २०८१   February 22, 2025

बैतडीको आरुबाटा भीरमा भेटिएको शवको सनाखत भएन

बैतडीको आरुबाटा भीरमा भेटिएको शवको सनाखत भएन

बैतडी । बैतडीको आरुबाटा भीरमा भेटिएको शवको सनाखत हुन सकेको छैन । बिहिबार जिल्लाको पाटन नगरपालिका– ८ स्थित आरुबाटा भीरमा वेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शवको हालसम्म सनाखत हुन नसकेको हो ।

शव फेला परेको ३ दिन पुगिसक्दा पनि सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक बलराम पाण्डेयले शव सडेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको बताए । उनले शव भीरबाट निकालेर पोष्टमार्टम भने गरिएको बताए ।

अन्दाजी ४० वर्षिय ति पुरुषको शवको पहिचान नभएपछि तत्कालका लागि जिल्ला अस्पतालको शव गृहमा राख्ने तयारी भएको बताईएको छ ।

शव सडेको हुनाले थप सड्न नदिने व्यवस्थासहित अस्पतालको शव गृहमा राख्ने तयारी भएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

उक्त शवको बिषयमा सबै ठाउँमा जानकारी गराइसकिएको र सूचना जारी गर्दा समेत कोही सम्पर्कमा नआएमा शव व्यवस्थापन निर्देशिका अनुसार शवको व्यवस्थापन गरिने उनले बताए ।