धनगढी पोष्ट शुक्रबार, २९ चैत २०८१   April 11, 2025

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु

बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु

धनगढी  । बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु भएको छ। आइतवार बिहान बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका ८ वर्षीय नयन पाध्यायको मृत्यु भएको हो। उनकी आमा घाइते भएकी छन्।

धनगढीबाट जिल्ला सदरमुकाम मार्तडी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा उनीहरूलाई ठेक्कर दिएको थियो।

बालकको उपचारका क्रममा मृत्यु भएको हो। घाइते गर्भवती महिलालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत रेफर गरिएको छ। स्थानीयले साँफे–मार्तडी सडक बन्द गरेका छन।

सडक बन्द भएपछि धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायतका ठाउँसम्म आउने र जिल्ला जाने सवारी ठप्प भएका छन्।